Breaking News

Breaking

Post Top Ad

Your Ad Spot

Monday, September 24, 2018

बाबु घर कहिले आउछस् ??

बा बिदेश हुँदा
आमाले अर्थ्याएको चिठीको व्यहोराको अन्त्यमा
हरेक पटक लेख्ने गर्थें
बा घर कहिले आउनुहुन्छ ?
सबै कुराको उत्तर चिठीमा आएपनि
मेरो प्रश्नको जवाफ कहिल्यै आउन्नथ्यो ।
तैपनि,
सबैका बाहरु
टेप घन्काउँदै भीरकुनोमा आउँदा
त्यही आशामा मलाइ दशैं मन पर्थ्यो
यसरी नै बा आउने दशैं तिहार पर्खदा पर्खिदै
बाले पठाएको जाँघे सानो हुँदै जान्थ्यो ।
बर्षैपिच्छे दशैं दोहोरिँदा
बा आउने दिन किन दोहिरन्न भनेर सोध्दा
आमाले जवाफ आखावाट खसाउनुहुन्थ्यो ।

मलाइ के था
घर व्यवहार चलाउनुपर्छ
सगोल फुटदा
अर्को घर बनाएर हाम्लाइ सार्नुपर्छ
छोराछोरी पढाउनुपर्छ
विहेदान गर्नुपर्छ
र यी सव कुरा गर्न बा केराला नै वस्नुपर्छ भन्ने कुरा ।

चिठीको ब्यहोरामा
पशुपतिनाथको कृपाले
सव ठिकठाक लेखेपनि
पछि वल्ल थाहा भो
हाम्रो पशुपतिनाथ त बा पो हुनुहुँदोरैछ ।


बा ले पठाइदिएको एचएमटी घडीमा
दम दिन वर्सिँदा घण्टा सुई रोकिएर
बा आउने समय धकेलिन्छ कि भन्दै
प्रत्येक दिन ठिक आठ बजे
घडीलाइ दम दिन कहिल्यै विर्सिन
तर
बा आउने समय ल्याइपुर्‍याउन
त्यो घडी बर्षौंसम्म घुमिरहनुपर्थ्यो ।

पर्खाइको समय कति भयानक हुन्छ भन्ने कुरा त
आमालाइ थाहा होला
तैपनि
जुन दिन बा आउनुहुन्छ त्यही दिन
दशैं सरेको कुरा मलाई पनि थाहा छ ।

समय यसरी नै चल्दै गर्दा
एक दिन मैले चिठी लेखें
केराला कहिल्यै नफर्कीने गरि
घर आउनुस बा ।

मनभरी परिवार बोकेर
आफू बाउ वन्ने पहिलो खवर सुन्न
कहिल्यै आमाको नजिक नहुँदा
आफ्ना छाउरा छाउरी काँधमा बोकेर
दुनियाँको खुशी सम्हाल्न नपाउँदाको
पीडाले रन्थनिएरै होला
गुलामी शहरको बर्दी च्यात-चुत पारेर
भोलीपल्टै गोरखपुरको रेल समातेर
बा घर आउनुभो ।

तर कस्तो संजोग
बा घर आउने बेला
म घर छोडने बेला भैसकेको थियो
त्यसपछि समय ठ्याक्कै उल्टियो
अचेल बाले फोन गर्नुहुन्छ
र प्रत्येक दिन सोध्नुहुन्छ
बाबु घर कहिले आउछस् ?? 😭😭



Note :- If you apply from your home country you should have police clearance, a certificate showing that you dont have any criminal records.

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages