Breaking News

Breaking

Post Top Ad

Your Ad Spot

Monday, September 24, 2018

एउटा केटिले जब मायामा धोका दिन्छिन तब मननिस हरुले भन्ने गर्छन...त्यो केटि जबसम्म प्रेम गर्थी घर परिवार को वास्ता थिएन त्यो आफ्नो बाबू आमाको हुनसकिन तिम्रो झन कसरी हुन्छे। अनि अर्कोले भन्छ केटिहरुको त जात नै धोका दिने हो..आज एउटाको साथ त भोलि अर्काको साथ प्राय सबैको एउटै सोच हुन्छ केटिहरु धोकेबाज हुन्छ्न।
 @facebook

तर त्यसभित्र पनि केही मजबुरी केही कारण पक्कै होला मलाइ
यो थाहाछैन केटिहरु धोकेबाज हुन्छन कि हुदैनन..तर यतिकुरा यकिन साथ भन्न सक्छुकी केटिहरुको अनुहारको साथ मन पनि एकदमै सुन्दर हुन्छ। जब घर परिवार समाज सङग लुकि लुकि आफ्नो प्रेमी भेट्न आउछन..आफ्नो प्रेमिको लागि घर परिवार सङग झुट बोल्छन आफ्नो प्रेमी खुसी को लागि जस्तो सुकै कदम उठाउन पनि तयार हुन्छन यो कुराको पर्बाह गर्दैनन कि भोलि परिवार अनि समाज ले थाहा पाए तेस्को नतिजा के हुन्छ।

जब भोलिको कुरा निस्किन्छ सबै सम्बन्धको डर मन भित्रै लुकाएर प्रेमिसङग मिठा कुराको सिलसिला सुरु गर्छन ताकी उस्को मन कहिले नदुखोस अनेक पीडा आफू सहेर आफ्नो प्रेमिलाइ कुनै टेन्सन नहोस भन्नेमा प्रयासरत हुन्छन सकेसम्म पीडा लाई मनमा लुकाउनु महिला हरुको एउटा खुबीनै हो जब कुनै सानो कुरामा हामिलाइ चित्त बुझ्दैन हामी उस्को त्यो अबस्था कस्तोछ यो बुझ्न सक्दैनौ वा तेस्को केही कारण छ सोच्न थाल्दैनौ अनि प्रेमिहरु भन्छन ...महिलाहरु धोजेबाज हुन्छन।।

जब उनिहरु प्रेमिको लागि आफ्नो घर परिवार नाता सम्बन्ध सबैलाइ दाउमा राखेर आफ्नो प्रेमि सङग दिल खोलेर माया गर्छन। आफ्नो प्रेमिलाइ खुसी राख्न सबैसङग लुकेर ढाटेर भेट्न सक्छन..जब उनिहरु आफ्नो प्रेमिको लागि आफ्नो इज्जत सम्म पनि दाउमा लगाउन पछि पर्दैनन अनि हामी फेरि भन्छौ महिला हरु धोकेबाज हुन्छ्न।

तर एउटा कुरा यो पनि सत्य हो सबै प्रेमिका हरु एउटै हुदैनन तर कोहि १-२ जनाको चक्करमा सबैलाइ धोकेबाज भन्नू पक्कै पनि उचित हुदैन...

कुनै अवस्थामा प्रेमिका हरु प्रेमिलाइ छोडि दिन्छन आफ्नो नाजुक सम्बन्धको लागि किनकी कति अवस्थामा जान अन्जान मा उनिहरुलाइ यो सम्बन्ध भबिस्यमा सुख दायक हुदैन भन्ने भित्री मन ले आवाज दिरहेको हुन्छ त्यसैले प्रेमिका हरु के ठिक के बेठिक छुट्याउन सक्दैनन तब सम्बन्ध दोधारमा परिदिन्छ अनि आफ्ना जन्मदिने बाबू आमा घरका अन्य सदस्य गाउँ समाज सबै सङग जित्न पनि सकिदैन दोधारमा भएको  कुनै सम्बन्धको लागि आफ्नो जन्म देखि मृत्यु सम्म सङगै रहने सम्बन्ध तोड्न गारो हुन्छ। कति अवस्थामा उचित पनि हुदैन..

कहिले काहीँ प्रेमिका हरु प्रेम सङग हारी दिन्छन मायाको यात्रामा किनकी  मजबुर भैदिन्छन उनिहरु गाउँ समाज परिवार आफन्त नातागोता हरु सङग अब बन्ने सम्बन्ध को लागि जन्म देखि बनी बनाइ सम्बन्ध तोड्न पक्कै पनि सजिलो हुदैन अनि सबै मनका रहर हरु चाहाना हरु अधुरै राखेर अन्त्यमा  आफुलाइ आफै सङग हारिदिन्छन प्रेमिका हरु अनि हामी भन्छौ सबै महिला हरु धोजेवाज हुन्छन....

             "आफ्नो आफ्नो बिचार कमेन्ट गर्नुहोला"

💕💕💕


Note :- If you apply from your home country you should have police clearance, a certificate showing that you dont have any criminal records.

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages