Breaking News

Breaking

Post Top Ad

Your Ad Spot

Sunday, September 23, 2018

प्रेमका दिन हरुमा उन्का अचम्मका प्रश्नहरु

<b>उ कहिलेकाहिं अचम्म अचम्मका प्रश्न गर्थी। एकदिन उसले सोधी "मलाई कति माया गर्नु हुन्छ हजुर?"
उसले त्यसरी सानो बच्चाले झैँ प्रश्न गर्दा मलाई रमाइलो लाग्यो। मैले उसलाइ आफू नजिकै तानेर भनेँ "तिमिलाइ थाहा छ नि म कति माया गर्छु तिमिलाइ भनेर। सोध्न पर्छ र डल्ली?"
उसले जिद्दी गर्दै भनी "भन्नू न के, कति माया गर्नु हुन्छ ?"
उसको जिद्दीपना देखि हार खाँदै मैले भनें "धेरै गर्छु हजुर धेरै।"

उसले मुस्कुराउंदै मेरो अनुहार तिर हेरेर भनी "कति धेरै ?"
मैले जिस्कदै दुबै हात फारेर देखाउँदै भनें "यति धेरै.....।"
उ आएर लपक्क छातिमा टाँसिएर सानो स्वरमा बोलि "किन यति धेरै माया गर्नु हुन्छ मलाइ?"
मैले उसलाइ आफ्ना हातले छातिमा कस्दै भनें "खै किन हो, थाहा छैन।"
उसले फेरि जिद्दी गरि "भन्नू न के।"
मैले उसको निधारमा चुम्दै उत्तर दिएं "तिमी प्यारी छौ, त्यसैले माया लाग्छ नि।

उ केहिबेर सम्म चुपचाप अंगालोमा टाँसिइ अनि केहिबेर पछि बोली "यदि मैले हजुरलाइ छोडेर गएँ भने?"
उसको यस्तो प्रश्नले सोझै मेरो मुटुमा घोच्यो। मैले उसलाइ अंगालोबाट हटाउंदै उसको अनुहारमा हेरेर भनें "के कुरा गरेको यस्तो? के छोड्ने बिचार छ मलाइ?"
उ फेरि मेरो छातीमा टाँसिइ अनि मायालु श्वरमा भनि "त्यतिकै सोधेको पो त। सोचेर भन्नू न, यदि मैले हजुरलाइ छोडेर गएँ भने के गर्नुहुन्छ?"

उसको कुराको उत्तर दिन मलाइ पटक्कै मन भएन।उसले यस्ता कुरा सोधेकोमा उ देखि रिस पनि उठ्यो। मैले अँध्यारो अनुहार बनाएं अनि रिसाएको स्वरमा जवाफ दिएं "अर्कि गर्लफ्रेन्ड बनाउथेँ नि।"
उसले मेरो अनुहारमा पुलुक्क हेरेर नसुहाउँदो हाँसो हाँस्दै भनी "अनि मलाइ जति नै माया गर्नु हुन्छ?"
मैले उस्तै स्वरमा जवाफ फर्काएँ "गर्छु नि, आफ्नी गर्लफ्रेन्डलाइ माया नगरेर भयो?"

उसले मेरो छातिमा नै अनुहार लुकाएर सानो स्वरमा सोधी "उसलाइ घुमाउन पनि लैजानु हुन्छ होला है ?"
मैले अझै भारी स्वरमा भनें "लान्छु नि, तिमि जस्तै त होनि उ पनि गर्लफ्रेन्ड भएपछी।"
उसले झनै मलिन स्वरमा बोलि "यसरी नै छातिमा टाँसेर सुताउनु हुन्छ होला है?"

मेरो रिस शान्त भैसकेको थियो तरपनि घुर्किपुर्ण आवाजमा नै भनेँ "सुताउछु त अनि।"
त्यसपछी उसले कुनै प्रश्न गरिन। मैले पनि उसलाइ बोलाउन जरुरी ठानिन। केहिबेर पछि छातिमा तातो महसुस भयो। मैले उसलाई उठाएर हेरेँ। उसका आँखाबाट आँशुका धारा बगि रहेका थिए। ताता आँशुका केही थोपाहरुले मेरो छाती ओसिलो पारेको थियो। उ रोएको देखेर मलाइ आँफुले गल्ती गरेको महसुस भयो।

 मैले उसलाइ तानेर आँशु पुछिदिदै भनेँ "यसरी रुन पर्छ त डल्ली? जिस्किएको भनेर थाहा छैन?"
उ छातिमा टाँसिएर रुंदै बोली "नराम्रो लाग्यो.....।"
मैले उसलाइ दुबै हातले कसेर छातिमा टाँस्दै भनेँ "ढुक्क हौ डल्ली, तिमिलाइ बाहेक अरु कसैलाइ माया गर्ने छैन यसरी........।"

@Facebook





Note :- If you apply from your home country you should have police clearance, a certificate showing that you dont have any criminal records.

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages