Breaking News

Breaking

Post Top Ad

Your Ad Spot

Wednesday, September 19, 2018

सबै कुरा आफू सङ बल हुदा मात्र हो

तल तस्बिरमा देखिएको मान्छे चर्चित बडी बिल्डर आर्नल्ड र उनको मुर्ती हो । यो तस्बिर र घटनाले दुनियाँलाई पाठ सिकाउदछ ।
जुन बेला उनी क्यालिफोर्नियाको गभर्नर थिए, एउटा होटलले उनको मुर्ती पनि बनायो र होटलको उदघाटन उनैबाट गराए । त्यो दिन होटलले घोषणा गर्‍योकी आर्नल्डले जिन्दगीभर चाहेको जुनै समयमा पनि त्यो होटलमा नीशुल्क बस्न खान पाउनेछ । तर समय बितेसंगै आर्नल्डको गभर्नरको कार्य अबधी सकियो र रिटायर्ड भए । त्यसपछी एक दिन उनी त्यो होटलमा बस्न भनी गए । तर स्टाफले उनलाई प्रबेशमा रोक लगाए र बस्ने भए सबै शुल्क तिर्न पर्ने बताए। आर्नल्डले दु:ख र अचम्म महसुस गरे । उनी एउटा स्लिपिङ ब्याग लिएर आफ्नो मुर्तिमुनी गएर सुते र किन यसरी सुतेको भन्ने प्रश्नमा सन्सारलाइ यो सन्देश दिन चाहेको बताए कि-
“ धन सम्पत्ति, पद, पावर, प्रतिस्ठा तपाईंको साथमा भईन्जेल दुनियाँ तपाईंको साथमा हुन्छ म्याउम्याउ गर्छ तपाईंलाई मोल्छ खुट्टा ढोग्छ । तर यि सबै कुरा अस्थाई हुन् । धन पद पावर तपाईंसँग सधैंभरी रहदैन । सिमित समयको लागि मात्रै रहन्छ । जब यि कुराहरु केही समयपछी तपाईंबाट भाग्छ अनी दुनियाँपनी तपाईंबाट टाढा टाढा हुँदै जान्छ । त्यही भएर पद पैसा पावर छ भनेर कहिल्यै घमन्ड नगर्नूहोस् । यि सबै अस्थायी हुन् । तपाईं बर्तमानमा जे हुनुहुन्छ सधैं त्यो रहनुहुन्न । त्यही भएर सबैलाई सम्मान गरेर मिलेर बाचौं सकेको सहयोग गरौं ।”
(अर्नोलडकाे फेसबुक पेजवाट )




Note :- If you apply from your home country you should have police clearance, a certificate showing that you dont have any criminal records.

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages