यी सूत्र, जसले तपाई उत्कृष्ट जीवन पाउनुहुनेछ
Personality development +
जीवनमा कसरी सफलता प्राप गर्ने ? हरबखत हामीलाई यहि प्रश्नले लखेटिरहेको हुन्छ । सफलता पाउनका लागि त्यही अनुरुपको लगाव, श्रम हुनुपर्छ । तर, त्यतीले मात्र पनि पुग्दैन । सफलताको लागि लक्ष्य बनाउनु पर्छ । अतः लक्ष्य प्राप्तीको लागि सार्थक प्रयास गर्नुपर्छ ।
हामी हरेक दिन नयाँ नयाँ योजना बनाउँछौ । जीवनमा के गर्ने, कसरी सफलता पाउने भनेर घोत्लिन्छौ । यद्यपी सफलता हामीले सोचे जसरी प्राप्त भइरहेको हुँदैन ।
यस्तो योजना तय गर्नुपर्छ, जसले आफ्नो जीवन उत्कृष्ट हुन सकोस् । जीवनमा परिवर्तन ल्याउन सकोस् । त्यो योजनमा यस्ता सबै टिप्स सामेल गरौ, जसले जीवन उत्कृष्ट बनाउँछ र सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
हरेक महिना राम्रो बानी विकास गरौं
हरेक महिना कम्तिमा एउटा राम्रो बानीको विकास गरौं । कुनै कुलत छ भने त्यसलाई छाडौं, अल्छीपन छ भने त्यसलाई त्यागौं । विहान धेरै समय सुत्ने बानी छ भने बिहान चाडै उठ्ने अभ्यास गरौं । फलफूल सेवन गर्न जाँगर चल्दैन भने, फलफूल सेवनमा जोड दिऔं । क्रमस आफुमा यस्तो सुधार ल्याउनुहोस् कि, जसले तपाईको जीवनलाई उत्कृष्ट तुल्याउन सक्छ ।
असल र भरपर्दो साथीको सर्कल बनाउनुहोस्
जीवनलाई उत्कृष्ट बनाउनका लागि तपाईको साथी-सर्कल पनि सकारात्मक, उर्जावान र भरपर्दो हुनुपर्छ । भनिन्छ, यस्ता साथीको सर्कल बनाउनु भयो भने तपाईको तनाव धेरै हदसम्म कम हुन्छ । तपाईमा सकारात्मक उर्जा प्रवाह हुन्छ । असल मित्र भनेको जीवनमो अनमोल सम्पति हो । यस्तो सम्पति तपाईसँग जति धेरै हुन्छ, उत्तिनै सहज र सुखमय जीवन बिताउन सकिन्छ ।
बिहान चाडै उठ्नुहोस्
जीवनमा स्वस्थ्य र खुसी रहने एक राज हो, बिहान चाडै उठ्नु । यसले तपाईको अतिरिक्त समय पनि बचत हुन्छ । शरीरमा स्फूर्ति बढ्छ ।
जीवनको प्रत्येक पलको आनन्द लिनुहोस्
तपाई चाहे काम गर्नुहोस् वा खाना खानुहोस् । व्यायाम गर्नुहोस् वा पुस्तक पढ्नुहोस् । यी हरेक गतिविधिसँग रमाउन सिक्नुपर्छ । जीवनमा आइपर्ने जतिपनि काम छन्, त्यसबाट आनन्द लिन सिक्नुपर्छ । आफैले आफुलाई खुसी तुल्याउनुहोस् । यसले तपाईको जीवन उत्कृष्ट हुन्छ ।
पैसा बचाउन प्रयास गर्नुहोस्
अनावश्यक खर्चलाई कटौती गर्नुहोस् । मितव्यायिता अपनाउनुहोस् । आश्वयक चिजहरुलाई प्राथमिकतामा राखेर खर्च गर्ने बानी गर्नुहोस् । यसले गर्दा अनावश्यक खर्च हुँदैन र व्यायभार बढ्दैन । जति-जति तपाईको पैसा बचत हुन्छ, उत्तिनै जीवन सहज र हलुंगो हुन्छ । यद्यपी आवश्यक परेको खण्डमा भने खुला मनले खर्च गर्न पनि तयार हुनुपर्छ ।
हाँस्ने र हँसाउने कुरालाई जीवनको हिस्सा बनाउने
भनिन्छ, जसले हाँस्न जानेको, उसले बाँच्न पनि जानेको छ । उन्मुक्त हाँस्नुहोस् । यसले तपाईको स्वास्थ्य राम्रो हुन्छ, मन प्रशन्न हुन्छ । तपाई आसपासको वातावरण पनि राम्रो हुन्छ । अरुलाई हँसाउने, आफुपनि हाँस्ने गर्नुहोस् ।
सधै केहि राम्रो काम गर्ने प्रयास गर्नुहोस्
दिनमा हामी धेरै काम गरिरहेका हुन्छौ । कति काममा हाम्रो ध्यान गएको हुँदैन, कति कामप्रति हाम्रो रुची हुँदैन । त्यही कारण हामीले गरेका सबै कामले राम्रो नतिजा दिदैन । हामी जे काम गर्छौ, त्यसलाई कसरी उत्कृष्ट ढंगले गर्ने भन्ने कुरामा सधै प्रयासरत हुनुपर्छ । आफुले गर्ने कामलाई नयाँ र क्रिएटिभ ढंगले गर्नुपर्छ । साथै मानिससँग राम्रो बोलने, राम्रो व्यवहार गर्नुपर्छ ।
दिनमा केहि समय एक्लो रहन सिक्नुहोस्
हामी अक्सर अरुसँग व्यस्त रहन्छौ । अधिकांस समय धपेडीमा वित्छ । तर, दिनमा केहि क्षण नितान्त एक्लो हुनुहोस् । कम्तिमा पनि १० मिनेट एक्लो रहनुहोस् । यस समयमा तपाई केहि नयाँ सोच्न र नयाँ नयाँ योजना बनाउन सक्नुहुनेछ । दिनमा केहि समय एक्लो रहनुको फाइदा भनेको मनको शान्ति पनि हो ।
सबै नराम्रो कुरा भुल्नुहोस्
जीवनको अर्थ हो, अघि बढ्नु । र, अघि बढ्नका लागि पछाडिको कुरा भुल्नुपर्छ । बिगतका कमजोरी, गल्तीमा पछुतो गरेर केहि फाइदा छैन । विगतका ति सबै कुरा भुल्नुहोस्, जसलाई सम्झदा तपाई राम्रो महसुष गर्न सक्नुहुन्न ।
स्वंमलाई अनुशासित बनाउनुहोस्
जीवनमा त्यहीबेला सकारात्मक परिवर्तन आउँछ, जब तपाई स्वंम अनुशासनमा रहनुहुन्छ । जीवनमा अनुशासन एकदमै जरुरी छ । अनुशासित जीवनमा सफलता मिल्नु धेरै सजिलो छ । यदि तपाई स्वंम अनुशासित हुनुहुन्न भने, अरुलाई अनुशासनमा राख्न पनि सक्नुहुन्न । अरुलाई देखाउनका लागि होइन, आफ्नै जीवनका लागि अनुशासित हुनुहोस् ।
यदि तपाई UAE मा कामको खोजीमा हुनु हुन्छ भने तल दिएको लिंक फलो गरी आफनो कागजाज (ducoment) CV पठाउन सक्नु हुन्छ
UAE का केहि सिमित कम्पनी संग हाम्रो प्रत्यक्ष सरोकार रहेको छ
तलको लिंक फलो गरी तपाइको CV पठाउदा कुनै शुल्क लाग्दैन
हालको समयमा हाम्रो सम्पर्क सिमित कम्पनी संग रहेको हुँदा तेसैमा मात्र काम पाउन सकिन्छ
तपाई जून सुकै ठाउ बाट पनि आफ्नो डाकुमेंट पठाउन सक्नु हुन्छ
if you are looking job in UAE you can also apply for job application.
we have a direct link to some of the company in UAE.
you can apply from anywhere.
we will not charge for the apply application for your documents.
it's totally free.
HOW TO APPLY.
click the red bottom
UAE का केहि सिमित कम्पनी संग हाम्रो प्रत्यक्ष सरोकार रहेको छ
तलको लिंक फलो गरी तपाइको CV पठाउदा कुनै शुल्क लाग्दैन
हालको समयमा हाम्रो सम्पर्क सिमित कम्पनी संग रहेको हुँदा तेसैमा मात्र काम पाउन सकिन्छ
तपाई जून सुकै ठाउ बाट पनि आफ्नो डाकुमेंट पठाउन सक्नु हुन्छ
कसरी पठाउने आफ्नो डाकुमेंट
तल दिएको रातो बॉक्स भित्र क्लिक गरी तपाई आफ्नो डाकुमेंट पठाउन सक्नु हुन्छयहाँ क्लिक गर्नुस
we have a direct link to some of the company in UAE.
you can apply from anywhere.
we will not charge for the apply application for your documents.
it's totally free.
HOW TO APPLY.
click the red bottom

No comments:
Post a Comment