Breaking News

Breaking

Post Top Ad

Your Ad Spot

Thursday, September 13, 2018

राजतन्त्र पनी फालियो

राजतन्त्र पनी फालियो

बेकार शहर पसेर ब्यर्थै पसिना गालियो
नाथे एउटा राजालाइ बाधक भन्ने ठानेर,
के नै होला भनेर राजतन्त्र पनी फालियो।
एउटा राजा फालेर के चाही पाइयो र खै,
सयौं राजा जन्माउन आफैं भोट हालियो।
डिग्रीपास नबिकेर खाडी तिर पसेको थें,
सोह्र धण्टा बगरमा ईटा बालुवा चालियो।
कुनै तन्त्र आएपनी केही हुन्न रहेछ बुझी
आफ्नै पाखो, खोरिया तर्फ मन ढालियो।
लाउरी भैसी किनियो अब पैसा साटिन्छ,
लाजघिन छैन मलाइ भैसी दुहुन थालियो।

नेताको पछी लागेर कती टायर बालियो।






No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages