Breaking News

Breaking

Post Top Ad

Your Ad Spot

Wednesday, September 19, 2018

भाग्यको खेल होइन आफ्नो हिम्मतले सन्सार जितिन्छ

एउटा जङ्गलमा एउटि गर्भवती हरिण बच्चालाइ जन्मदिने तयारिमा थिइ। उ एकान्त ठाउको खोजिमा जङ्गलको एता
उता घुमिरहेकी थिइ अचानक एउटा नदिको किनारमा सुकेका घाँस हरुको बिचमा अलि अग्लो बाक्लो घाँस भएको ठाउँ देखी। उसलाइ आफ्नो बच्चा जन्माउन यहि ठाउँ उपयुक्त लाग्यो र त्यही बाक्लो घास मा गएर बसि....

त्यहा पुग्नासाथ उसलाइ "प्रसब" ( प्रसुती) पीडा सुरु भयो
त्यहिबेला आकासमा घनघोर कालोबादल बर्सनको लागि
तयार देखिन्थ्यो जोड जोड सङग बिजुली चम्किरहेको थियो

गर्भवती हरिण ले  दायाँ तिर हेरि त्यहा एक सिकारि उसैलाइ
निसाना बनाएर ताकिरहेको थियो.. उसले डराउदै बायाँ तर्फ
हेरि त्यहा एउटा भोकाएको बाघ उसैलाइ झम्टिन तयार अवस्थामा बसिरहेको थियो.. अगाडि सुकेका घाँस हरुमा अचानक आगो दन्किरहेको थियो.. अनि उस्को पछाडी ठूलो नदि आफ्नै रफ्तारमा बगिरहेको थियो।

के गर्थी बिचरी गर्बवती हरिण ? उ प्रसुती पिडाले छट्पटाइ रहेकी थिइ अब के होला ? के हरिण अब ज्युदो बच्थी ? आफ्नो बच्चालाइ सकुसल जन्म दिन सक्थी ? के उसको बच्चा स्वस्थ जन्मिएर जिबित रहला ? के त्यहा सुकेका घाँस मा लागेको आगोले हरिण लाई जलाउला ? के त्यो हरिण सिकारिको तिर बाट वचन सक्ली ? के हरिण भोकाएको बाघको सिकार बन्ली ? चारैतिर बाट घेरी सकिएकी थिइ कतैबाट पनि बाच्ने आस थियोत ?

गर्बवती हरिण सबैकुरा बिर्सिएर आफुलाइ सुन्यमा छाड्दै
आफ्नो बच्चालाइ जन्म दिन लागी..भगवान को लिला भनौ
प्रकृति अथवा भाग्यको खेल...त्यहिबेला एकदमै जोड सङग
पुरै धर्ती उज्यालो हुनेगरी बिजुलि चम्कियो तिर छाड्न तयार
बसेको सिकारिको आखामा बिजुलिको प्रकाश ले आँखा तिरमिरायो उसले छोडेको तिर हरिण को नजिक हुँदै गएर
झम्टन तयार रहेको भोको बाघ को आखामा गएर लाग्यो
बाघ तिर को पीडा सहन नसकेर एताउता भाग्दै छट्पटाउन
लाग्यो अनि सिकारी अब त्यो घाइते बाघ ले मलाइ छोड्दैन
भन्ने सोच्दै त्यहा बाट भागेर आफ्नो बाटो लाग्यो लगत्तै ठूलो
बर्साभयो बर्सातको कारण सुकेको घासमा लागेको आगो आफै
निभ्यो हरिण ले स्वस्थ बच्चालाइ जन्म दिई.....

**कुनै कुनै समय हाम्रो जिबनमा पनि एस्तो आइदिन्छ हामी चारैतिर बाट समस्यामा घेरिएको हुन्छौ तब दिमाख ले काम
गर्दैन हामी कुनैपनी निर्णया लिन असक्ष्यम हुन्छौ..तब सबै
कुरा नियतिको हातमा छोडेर आफ्नो उत्तरदायित्व वा आफ्नो
प्राथामिकता लाई ध्यान दिनु पर्दछ।
अन्तत: यश, अपयश, हार, जित, जीवन अनि मृत्युको अन्तिम
निर्णय भाग्य ले गर्दछ। हामिले आफ्नो भाग्यमा बिस्वास गर्नु
बाहेक हामिसङग अरुकुनै बिकल्प रहदैन कमजोर नबनी हरेक
दुखको सामना गर्न सक्नुपर्छ**

"कोहि मानिस हाम्रो गुडगान गर्छन
कोहि मानिस हाम्रो आलोचना गर्छन"

हेर्नुसत दुइवटै कुरामा हामी फाइदामा  हुन्छौ

**एउटाले हामिलाइ प्रेरित गर्छ
अर्कोले हामिभित्र सुधार लेराउछ**



Note :- If you apply from your home country you should have police clearance, a certificate showing that you dont have any criminal records.

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages